आर्थिक

विराटनगरमा कार्गोरेल : चारवर्ष अगाडी आएको भए ७६ अर्ब जोगिन्थ्यो

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्मकार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षपछि बिहीबार कार्गो रेल आयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौताअनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौताअनुसार नेपालले विस्तार क्षेत्रका लागि १२९ बिघा जग्गा उपलब्ध गराउनुपर्. . .


विराटनगर आईसिपी क्षेत्रमा आईपुग्यो कार्गो रेल

विराटनगर । विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म कार्गोरेल आईपुगेको छ । भारतको बथनाहास्थित रेलवे स्टेशनबाट नेपाली उद्योगका कच्चा मालवस्तु बोकेर भन्सार क्षेत्रमा कार्गोरेल आएको हो । लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएको माग बिहीबारदेखि सम्बोधन भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्�. . .


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट द�. . .


मकै–अलैंची–तरकारी–दूध प्याकेजिङ र ब्राण्डिङमा काम गर्नेलाई सहज च्यालेन्ज फण्ड सहयोग

विराटनगर। किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग गर्न ब्रान्डिङ्ग र प्याकेजिङको तेस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । सहज च्यालेन्ज फण्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ, प्याकेजिङ र वितरण प्रणालीको सहजीकरण कार्यक्रम कोशी प्रदेशमा कार्यन्वयनमा आएको हो । नेपाल कृषि बजार विकास कार्�. . .


विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका ला. . .


नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आज दुई सय ६�. . .


विराटनगरमा बिहीबारदेखि कार्गोरेल सञ्चालन हुने, दुई देशका प्रधानमन्त्रीले झण्डा उठाएर उद्घाटन गर्ने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा रहेकै बेला व्यापारिक मालसामान लिएर मालवाहक रेल विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) बिहीबार आईपुग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले प्रकाशित गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका �. . .


विराटनगरले १ अर्ब १९ करोड पायो संघको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७७ करोड ७८ लाख सशर्त अनुदान, समानीकरण अनुदान ३४ करोड ८६ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख रुपैयाँ पाएको हो । ६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ । आर्थिक वर्�. . .


सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

काठमाडौँ । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छ�. . .


गोठमा भैंसी, क्यारेटमा मदर कल्चर

सुजता लिम्बू विराटनगर । मोरङ, बुढीगंगा–१ का राजुकुमार खड्का एक दशकदेखि प्राङ्गगरिक (कम्पोष्ट) मल बनाउँदै आइरहेका छन् । भैँसीको गोबरलाई सदुपयोग गरेर कम्पोष्ट मल बनाउँदै आएका उनी यही व्यवसायमा भविष्य खोजिरहेका छन् । यसअघि पशुपालन व्यवसाय गरेर घाटा बेहोर्नुपरेको उनले अहिले मल उत्पादन व्यवसायले धेरै र. . .


नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख �. . .


विराटनगरमा घरजग्गा र व्यवसाय कर अनलाइन भुक्तानी सिस्टममा

विराटनगर । विराटनगर महानगरपालिकाले घर जग्गा र व्यवसाय कर बुझाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । सेवाग्राहीले कार्यालय पुग्नुपर्ने झन्झटलाई हटाउँन अनलाइन कर भुक्तानी प्रणाली सुरु गरेको हो । सेवाग्राहीले अनलाइनमा कर भुक्तानीका लागि ‘ट्याक्स पेयर सिस्टम’ मा दर्ता हुनुपर्नेछ । जसका लागि एक पटक क�. . .