कोशी

माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने संकेत, बोलाइयो संसदीय दलको बैठक

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सोमबार लागि बोलाइएको छ । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक विराटनरमा बस्न लागेको हो । केही निर्णय गर्नु पर्ने भएर बैठक बोलाइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ । �. . .


तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्त. . .


विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा

विराटनगर । संस्थागत विद्यालयका विद्यार्थी नियन्त्रण गर्न शिक्षकहरुलाई हम्बेहम्बे पर्न थालेको छ । विद्यालय परिसरका सबै स्थानको निगरानी सिसी क्यामरा र भौतिक रुपमा विद्यालयका कर्मचारी तथा शिक्षकले गर्ने गर्दछन् । तर, विराटनगर–११ स्थित सगरमाथा बोर्डिङ स्कुलले भने छात्रहरुको शौचालयमा समेत सिसी क्या�. . .


विराटनगरमा कार्गोरेल : चारवर्ष अगाडी आएको भए ७६ अर्ब जोगिन्थ्यो

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्मकार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षपछि बिहीबार कार्गो रेल आयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौताअनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौताअनुसार नेपालले विस्तार क्षेत्रका लागि १२९ बिघा जग्गा उपलब्ध गराउनुपर्. . .


विराटनगर आईसिपी क्षेत्रमा आईपुग्यो कार्गो रेल

विराटनगर । विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म कार्गोरेल आईपुगेको छ । भारतको बथनाहास्थित रेलवे स्टेशनबाट नेपाली उद्योगका कच्चा मालवस्तु बोकेर भन्सार क्षेत्रमा कार्गोरेल आएको हो । लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएको माग बिहीबारदेखि सम्बोधन भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्�. . .


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट द�. . .


मकै–अलैंची–तरकारी–दूध प्याकेजिङ र ब्राण्डिङमा काम गर्नेलाई सहज च्यालेन्ज फण्ड सहयोग

विराटनगर। किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग गर्न ब्रान्डिङ्ग र प्याकेजिङको तेस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । सहज च्यालेन्ज फण्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ, प्याकेजिङ र वितरण प्रणालीको सहजीकरण कार्यक्रम कोशी प्रदेशमा कार्यन्वयनमा आएको हो । नेपाल कृषि बजार विकास कार्�. . .


विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराटनगर । विराट राजाको दरबार क्षेत्रमा किचकबध पोखरी निर्माण भईरहेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गरेका छन् । ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तिव्रता दिन निर्देशन दि�. . .


कोशी प्रदेशको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त पेस

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् । ‘आर्थि. . .


मुख्यमन्त्री कार्कीलाई असजिलो पार्न कोशी सरकारबाट जसपा बाहिरिदैं

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । सुनसरीको इटहरीमा सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गर�. . .


नौ महिनापछि नागरिकता विधेयक प्रमाणीकरण

विराटनगर । नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक ९ महिनापछि प्रमाणीकरण भ. . .


विराटनगरमा बिहीबारदेखि कार्गोरेल सञ्चालन हुने, दुई देशका प्रधानमन्त्रीले झण्डा उठाएर उद्घाटन गर्ने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा रहेकै बेला व्यापारिक मालसामान लिएर मालवाहक रेल विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) बिहीबार आईपुग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले प्रकाशित गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका �. . .