विशेष

सिमापार गर्न लागेका ३७ जना महिलाको जोगवनी बोर्डरबाट उद्धार

विराटनगर । रानी बोर्डर नाका हुदै भारत बेखबिखनको उद्धेश्य सहित सिमा कटाउन खोजिएका ३७ जना महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत ‘विश्व सेवा विस्तार ’ संस्थाले पूर्विनेपालको रानी बोर्डर हुदै जोगवनीबाट भारत लैजान लागेका ती महिलाहरुलाई उद्धार गरेको जनाएको छ । संस्थाले. . .


सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

काठमाडौँ । सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा �. . .


विराटनगरमा घरजग्गा र व्यवसाय कर अनलाइन भुक्तानी सिस्टममा

विराटनगर । विराटनगर महानगरपालिकाले घर जग्गा र व्यवसाय कर बुझाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । सेवाग्राहीले कार्यालय पुग्नुपर्ने झन्झटलाई हटाउँन अनलाइन कर भुक्तानी प्रणाली सुरु गरेको हो । सेवाग्राहीले अनलाइनमा कर भुक्तानीका लागि ‘ट्याक्स पेयर सिस्टम’ मा दर्ता हुनुपर्नेछ । जसका लागि एक पटक क�. . .


विराटनगरको अर्को सहकारीसँग बचतकर्ताको आक्रोश

विराटनगर । बचतकर्ताको पैसा फिर्ता नदिएपछि विराटनगरस्थित धरणीधर सहकारी बहुमुखी  संस्थामा बचतकर्ताले होहल्ला गरेका छन् । लामो समयदेखि बचत रकम फिर्ता नदिएपछि उनीहरुले कार्यालयमा उपस्थिति भएर होहल्ला गरेका हुन् । सञ्चालक तथा कर्मचारीलाई असजिलो भएपछि वडा प्रहरी कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ �. . .


‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : सांसद थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्र�. . .


झापाका फरार प्रतिवादी धमाधम पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय ३२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई ज�. . .


विश्वास गरेका सँगै सुरक्षित छैनन् बालबालिका

सुजता लिम्बु विराटनगर । गत बैशाख २९ गते मोरङकी एक बालिका आफ्नै बुबाबाट बलात्कृत भइन् । घरमा कोही नभएको अवस्थामा बुबाले जर्बजस्ती करणाी गरे । ११ वर्षिया बालिकामाथि बलात्कार गरेर फरार रहेको उनलाई प्रहरीले जेठ ४ गते नियन्त्रणमा लिइयो । अहिले उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनसन्धानको क्रममा छन�. . .


गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नग�. . .


दबाबरहित चलचित्र ‘डाकिनी’

काठमाडौँ । चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त बजेट बढ्ने डर, न बजार मूल. . .


बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर. . .


माओवादी केन्द्रलाई कोशी प्रदेश सरकार छोड्न काँग्रेसको पत्र

विराटनगर । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन भन्दै आग्रह गरेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले जेठ ४ गते बसेको संसदीय दलको बैठकको निर्णय बमोजिम माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दल�. . .


एकदिवसीय विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौँ । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ । जिम्बावेमा. . .