विशेष

मोरङको ग्रामथानमा बैंकमा कार्यरत गार्ड मृत फेला

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका ५ का नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन् । ४२ वर्षीय पदुम कुमार माझी बुधबार बिहान मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार बैंकको माथिल्लो तल्लाको �. . .


कोशी प्रदेश : मुख्यमन्त्री थापाको शपथ ग्रहण कार्यक्रम सर्‍यो

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनएिको शथप ग्रहण कार्यक्रमको समय सरेको छ । आज १०ः३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम बेलुका ५ बजे सरेको छ । मन्त्रालय टुंगो लगाउने विषयले शपथ ग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले �. . .


डेंगी भाइरस नियन्त्रणका लागि धरानका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानक�. . .


गत आर्थिक वर्षमा मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात

झापा । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९/८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्. . .


विराटनगरमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान चाल्दै

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाउने भएको छ । महानगरपालिकाले मंगलबार डेंगु रोग तथा रोकथाम सम्बन्धी संञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रममा आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्�. . .


लालबहादुर विश्वकर्माले पाए सफाइ

विराटनगर । सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहित तीनजनालाई उच्च अदालत विराटनगरले मंगलबार सफाइ दिएको हो । लालबहादुरलाई ७२ जनाको निर्दोश रहेको बकपत्र गरेपनि ३ करोड बिगो जरिबाना तिर्न नसक्दा सुनसरी जि. . .


कोशी प्रदेश : उद्धव थापा पुनः मुख्यमन्त्री नियुक्त

विराटनगर । नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन काँग. . .


कोशी प्रदेश : उद्धव थापाले पुनःमुख्यमन्त्रीका लागि दावी पेश गरे

विराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले पुनः मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी �. . .


कोशी प्रदेश : सभामुखले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा दिएका हुन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९�. . .


भारतबाट ग्याँसको मूल्य घटेर आयो

काठमाडौँ । भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा प�. . .


कोशी प्रदेश : मुख्यमन्त्रीमा उद्धव थापाले दाबी पेश गर्ने

विराटनगर । नयाँ सरकार गठनका लागि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिन अब २ घण्टा मात्रै बाँकी छ । जसअनुसार सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा पुनः नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आ�. . .


कोशी प्रदेशका सभामुख गौतम भन्छन् : राजीनामा होइन, मसँग बोल्ने कुरा नै छैन

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अहिले आफूसँग बोल्ने कुरा नभएको बताएका छन् । सभामुख गौतमलाई राजीनामा दिन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,‘म सँग बोल्न कुरा नै छैन, छैन, छैन, अहिले राजीनामा भन्दा पनि बोल्ने कुरा नै छैन । ’ कोशी प्रदेश सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभा. . .