विशेष

विराट गोल्डकप : विराटनगर सिटी र जावलाखेल फाइनलका लागि खेल्दै

विराटनगर । विराट गोल्डकपको सेमिफाइनलका खेलहरु आजदेखि सुरु हुदैछ । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्डकपमा आज घरेलु टिम विराटनगर सिटी एफसी र जावलाखेल यूथ क्लबबीचको खेल ६:४५ बजेदेखि सुरु हुनेछ । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक जावालाखेल गोल्डकप खेल्न विराटन�. . .


मनमोहन विश्वविद्यालयमा योग तथा चिकित्सा शिक्षा पढाई हुने

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्व�. . .


विराट गोल्डकप : सेमिफाइनलको टिकट दर ५०० बाट ३०० कायम

विराटनगर । विराट गोल्डकपको सेमिफाइनलका खेलहरु सोमबारदेखि सुरु हुँदैछ । आज साँझ आयोजक विराटनगर सिटी र जावलाखेलबीच हुँदैछ । आयोजकले सेमिफाइनल खेलको टिकटदर परिमार्जन गरेर ५०० बाट ३०० रुपैँया कायम गरेको छ । विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले दर्शकहरुको माग अनुसार टिकट दर घटाइएको जानकारी द�. . .


अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बाल�. . .


विराट गोल्डकप : पेनाल्टी सुटआउटमा संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको �. . .


विवादित स्थानमा हुने कार्यक्रममा प्रधानमन्त्री आउने हल्ला

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित एभरेष्ट साइन्स सेन्टरले आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म आयोजना गर्ने भनिएको एसटिएएन–इएससीएन राष्ट्रिय विज्ञान सम्मेलनमा प्रधानमन्त्री आउने चर्चा चलाइएपछि त्यसको आलोचना सुरु भएको छ । विवादित छवी भएका व्यक्ति र बैंक तथा वित्तीय संस्थाको कालो सूचीम�. . .


सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु विराटनगर महानगरले हटायो

विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका स�. . .


विराटनगरका खाली सडक : नो पार्किङ जोनले व्यापार घट्छ

विराटनगर । फागुन–चैत विराटनगरका सडक शान्त छन् । सबै क्षेत्रमा देखिएको सुस्तताले शहरमा चहलपहल पनि सुस्ताएको छ । सबै क्षेत्र शान्त र सुस्त रहँदा व्यापारमा उत्साह छैन । विराटनगरमा समेत त्यसको प्रभाव छ । अघिल्ला वर्षमा समेत व्यापारमा मन्दिको समय मानिन्छ चैत । विवाहवारी नहुने महिना भएपछि कपडादेखि सुन पस. . .


शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधान�. . .


पहिचानवादीको आन्दोलनप्रति दलहरुको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल सडक अवरोध जस्ता सार्वजानिक असन्तुष्टिको घटनाप्रति दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चार दलले आइतबार विज्ञप्ती जारी गर्दै नामाङकनको विषयलाई लिएर भएको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेकप. . .


शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उहाँले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइत�. . .


विराट मेडिकलले सञ्चालनमा ल्यायो क्यान्सर ईन्स्टिच्युट

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । करिब चार अर्बको लगानीमा अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । मोरङको टङ्कीसिनवारीमा सञ्चालन भइरहेको अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उ. . .