सम्पूर्ण समाचार

जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

काठमाडौँ । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका स�. . .


सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । यो. . .


प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेव�. . .


प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध. . .


विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

काठमाडौँ । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय सम�. . .


सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त�. . .


गत आवमा कोशी प्रदेशमा सवारी दुर्घटनामा कमी

झापा । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९-८० मा सवारी साधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९-८० मा तीन हजार पाँच सय १�. . .


आयल निगम अठार अर्ब नाफामा

काठमाडौँ  । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।  रुस–युक्रेन युद्धका कार. . .


विराटनगरको सोम्स कलेजकी विद्यार्थी प्रदेश प्रथम भएको दाबी

विराटनगर । विराटनगरको सोम्स कलेजले बीबीएस दोस्रो वर्षको परीक्षामा आफ्नो विद्यार्थीले प्रदेश टप गरेको दाबी गरेको छ । विराटनगर ९ स्थित सोम्स कलेजले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा छात्रा शारदा श्रेष्ठ प्रदेश प्रथम भएको दाबी गरेको हो । श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । सोम�. . .


अन्नपूर्ण पदमार्गमा साढे छ महिनामै भित्रिए २० हजार पर्यटक

पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे छ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते) सम्म १९ हजार पाँच सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् । सोमध्ये एक हजार च�. . .


एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने . . .


अपडेट : विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनाला�. . .