विराटनगर । कोशी प्रदेशको प्राथमिकतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ट परेन । सन् २०१५ मा ब्याक्टेरियामा विशेष रणनीति बनाएर काम गरुन् भनेर विश्व स्वास्थ्य सङ्गठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट लागु गर्न सबैमा अनुरोध गरेको थियो । विश्वका धेरै देशले न्याप एएमआर बनाएर काम धेरै अग. . .
विराटनगर । संसदीय पत्रकार मंच कोशी प्रदेशले माननीयसँग पत्रकार सुरु गरेको छ । मंचले आजदेखि माननीयसँग संवाद कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीसँग पहिलो शृङ्खलामा संवाद गरिएको छ । भण्डारीले संसदीय व्यवस्था साथै आफ्नो राजनीतिक अ�. . .
विराटनगर । अस्पतालमा आएकी गर्भवती महिलाको भर्ना नै नगरी प्रसुती गराएर शिशु बिक्री गरेको घटना घटाइएको पाइएपछि विराटनगर ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् । ग्रिनक्रस अस्पतालमा एक महिलाले जन्म दिएकी नवजात शिशु बिक्री भएको घटनामा व्यवस्थापकीय लापर्वाही देखिएपछि मोरङ प्रहरीले ख�. . .
मंगलसेन । विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ । तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ । आन्दोलनमा गएका विद. . .
काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा आज थकाई बिदा दिएको हो । संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा. . .
सुन्दरहरैँचा(मोरङ) । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक व. . .
विराटनगर । शिक्षकहरुको आन्दोलनका कारण विराटनगरका ३० हजार विद्यार्थीको पढाई प्रभावित भएको छ । विराटनगर महानगरपालिका भित्रका ५६ सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिएका छन् । विराटन�. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ । विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासै�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिश. . .
फुङ्लिङ (ताप्लेजुङ) । फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बतायन्�. . .
काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागल�. . .
न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर�. . .