सम्पूर्ण समाचार

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन

लुम्बिनी । बुटवल उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनको आज उद्घाटन भएको छ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल माध्यमबाट आज उद्घाटन गर्नुभयो । भवन उद्घाटन कार्यक्रममा भर्चुअलबाट सम्बोधन गर्दै पूर्वउपप्रधान पौडेलले विकासका मुद्दामा कसैले पन. . .


ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक. . .


कोरोना भाइरसको पीसीआर शुल्क घट्यो

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु.८०० र �. . .


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उहाँको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम ग�. . .


गैँडाको आक्रमणबाट दुई घाइते

चितवन । पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् । कार्यालयका प्रवक्ता प्�. . .


देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ मा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३सय५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । आज कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ. . .


कोभिडको असर मजदुरलाई देखिएपछि पूर्वका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत मजदुरलाई कोरोना संक्रमण देखिन थालेसँगै उद्योगीहरुले उतपादन कटौती सुरु गरेका छन् । कोभिडका कारण बजारमा चहलपहल र माग कम हुँदै गएको बेला मजदुरमा समेत समस्या देखिएपछि उतपादन कटौती सुरु गरिएको हो । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले अहिल. . .


विराटनगरमा उद्योग संगठन मोरङद्धारा मास्क लगाऔं, कोरोना भगाऔं अभियान

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा मास्क लगाउँ, कोरोना भगाउँ अभियान सुरु गरेको छ । विगत केही दिनयता वढदो क्रममा रहेको कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गरी उद्योग संगठन मोरङले आजदेखि विराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान शुरु गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर�. . .


विराटनगरमा २४० सहित प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटा. . .


मेची भन्सारको राजस्व असुलीमा वृद्धि

झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु.सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को साउनदेखि पुस मसान्तसम्ममा रु.सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव नौ प्रतिशत राजस्व असुल्न सफल भएको हो । पूर्व�. . .


सन् २००२ को बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा सन् २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ । संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिसोर्ट टाप�. . .


जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि. . .