कीर्तिपुर । भैलिनी आइन् आँगन.... ....... ‘हरियो गोबरले लिपेको ......’ । तिहार लागेदेखि सञ्चार माध्यममा यो गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन था�. . .
काठमाडौं । नेपालमा सूर्य ग्रहण सुरु भएको छ । मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि ग्रहण सुरु भएको हो। सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर. . .
काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार न. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहार लगत्तै हुनेछ । हालसम्म पहिलो हुने निर्वाचित हु. . .
काठमाडौं । नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उ. . .
काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ । सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्�. . .
विराटनगर । विराटनगरमा लक्ष्मीपुजाको अवसर पारेर राठी केवलले बजारमा मासकट प्रदर्शन गरेको छ । केवलले विराटनगरको ट्राफिक चोकदेखि सत्यनारायण मन्दिर सम्म मासकट निकालेको थियो । प्रचार तथा मनोरञ्जनको उदेश्यले उक्त मासकट निकालिएको केवलले जनाएको छ । मासकट हेर्न बालबालिका साथै वजार घुम्न आएका सबैजना झ�. . .
विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सुविधा मिडिया हाउसले दिपावली सांस्कृतिक साँझ २०७९ कार्यक्रम आयोजना गरेको छ । बुढीगंगा-१ नरग्राम स्कुलको प्रागणमा सुविधा मिडिया हाउसले दिपावली सांस्कृतिक साँझ कार्यक्रम आयाोजना गरेको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत रहने छ । साथै च�. . .
काठमाडौँ । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता . . .
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका ग. . .
काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी नि�. . .
जनकपुरधाम । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । दुवै जना आफ्नै घरमा दीपावली�. . .