सम्पूर्ण समाचार

नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्र. . .


वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते रु ७३ कर�. . .


बास्केटबलका खेलाडी भन्छन् : पूर्वाधार बनिदिए राम्रो खेल्न सक्छौँ

दमौली । मधेश प्रदेश बारा निवासी सवना खातुन विगत तीन वर्षदेखि बास्केटबल खेल्दै आउनुभएको छ । कक्षा सात अध्ययन गर्दाको समयमा उहाँको रुची बास्केटबलप्रति बढ्यो । बास्केटबल खेलप्रति आकर्षण बढेपनि यसको पूर्वाधार नहुँदा उहाँ त्यति धेरै सन्तुष्ट हुनुहुन्न । “मधेश प्रदेशमा महिला बास्केटबल नयाँ जस्तै हो, ह�. . .


प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरे�. . .


पछिल्लो २४ घण्टामा देशभर ४६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४६ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५ सय १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप ७० हजार ९ सय ९४ जनाले लगाएका छन् । �. . .


आइटिएफ तेक्वान्दोमा प्रदेश १ लाई पहिलो स्वर्ण

बागलुङ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन् । विभागी. . .


फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको र. . .


नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटको कास्य पदक बागमतीलाई

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर. . .


प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्�. . .


दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुस�. . .


सत्र स्टार्टअप छनौटमा परे

विराटनगर । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि स�. . .


विराटनगरको ‘हाईवे पश्चिम’ उपेक्षामा, तीसवर्षदेखि सत्तामा बसेका नेता बहिष्कार घोषणा

विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाछीमा निर्वाचनकै बेला एउटा ब्यानर लाग्यो । जसमा उल्लेख छ, ‘विराटनगरको विकासका बाधा तथा जनघाती नेता बहिष्कार ।’ विगत ३० वर्षदेखि सत्तामा बसेर पनि विराटनगरको हाईवे पश्चिम विकास गर्न नसकेको गुनासोसहित नेता र ठेकेदार समेतको फोटो अंकित व्यानर राखिएको हो । ‘सधै�. . .