सम्पूर्ण समाचार

यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने बताएका छन् । ब्लु डाईमन सोसाइटी नेपाल मोरङले विराटनगरमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै �. . .


सरकारी जागिर छाडेर बाख्रापालन

मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथ. . .


साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विका. . .


कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनीत गर्नुभएको पार्टी कार्य. . .


सुन्दरहरैँचा नगर प्याब्सनद्वारा शुभकामना आदानप्रदान

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित प्याब्सन सुन्दरहरैँचा नगर कमिटीकाे आयाेजनामा दशै,तिहार, छठकाे शुभकामना आदान प्रदान पुरस्कार वितरण एवम् बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की रहेका थिए । कार्यक्रममा नगर स्तरीय लाेक �. . .


संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भन्नुभएको छ । उहाँले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गर्नुभएको हो । “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र. . .


नागरिकता विधेयक प्रमाणीकरण नभएकामा सत्तारुढ दलको असन्तुष्टि

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको समयभित्र राष्ट्रपतिद्वारा प्रमाणीकरण नभएकामा सत्तारुढ दलले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार चार द. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि क. . .


चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएक�. . .


नेटवर्किङमार्फत सर्वसाधारण ठगी आरोपमा ग्लोबल ओरियन्स नेपालका छ जना इटहरीबाट पक्राउ

विराटनगर । राम्रो कमाई र विदेश घुम्न पाईने लोभ देखाएर सर्वसाधारणलाई सदस्य बन्न अभिप्रेरित गरेर रकम ठगी गरेको आरोपमा ग्लोबल ओरियन्स नेपाल इटहरी शाखाका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–९ सजन राईको घरमा कोठा भाडामा लिएर ज्लोबल ओरियन्स नेपाल प्रा.लि.को बोर्ड समेत राखेर बसेका उनीहरुलाई नेटवर्किङ�. . .


सुनसरी र झापामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी-९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका पैदल यात्री ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दि. . .


अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन् २००२. . .