सम्पूर्ण समाचार

यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि

काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुला�. . .


उदयपुरमा खोलामा डुबेर एकजनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ की २२ बर्षीया लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो त्रियुगा खोलामा नुहाउन गएको अबस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको हो। खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गएक. . .


विराटनगरमा ‘राजखानी’ ले झुक्याउँछ, खसीको मासु पकाउँदा बाख्राका गन्ध

विराटनगर । विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्राउने अचानोर खुकुरीसम्मको सरसफाईमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो । फ्रेस हाउसको स्वच्छताको अ�. . .


नेपाललाई जापानद्वारा करिब १६ अर्ब सहयोग

काठमाडौं । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदा�. . .


झापामा धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

झापा । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उहाँले सो खेती गर्नुभएक�. . .


राप्रपा मा्ेरङको दुईहजार सदस्यीय निर्वाचन परिचालन समिति

विराटनगर । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्ला अध्यक्ष माधव प्रसाद आचार्यको संयोजकत्वमा दुईहजार एकजना रहेको निर्वाचन मूल परिचालन समिति गठन गरिएको हो । आचार्यको अध्यक्षतामा मंगलबार बसेको बिस्तारित जिल्ला बैठ. . .


दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाच. . .


मोरङमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मङ्गलबारबाट सुरू भएको हो । खेलमा नेपालसहित भारत र बङ्गलादेशका एक सय २० खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा रु चार लाख ६�. . .


दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

काठमाडौं ।सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्�. . .


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी प्�. . .


‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गर्नुभएको छ । मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ । मन्त्री . . .


मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता: मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले राजघाट भेट्रान्स क्लब उर्लाबारीलाई सडेनडेथमा ४�. . .