विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइ. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको कार्यालय विधिवत रूपमा पानसमा बत्ती बाली रिवन काटेर उद्घाटन गरिएको हो । वडा नम्बर ६ हुँदै ३, ४ र ७ नम्बर वड�. . .
बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । य�. . .
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् । मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था. . .
गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा �. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार . . .
प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञ�. . .
विराटनगर । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर उद्योगले तीनवर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परेपनि वार्षीक नौ अर्ब बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै घरेलु कच्चा पदार्थक�. . .
नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्�. . .
हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको �. . .
दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्�. . .