सम्पूर्ण समाचार

यती एयरलाइन्सद्वारा नयाँ विमान थप

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आजदेखि नयाँ विमान थप गरेको हो । यती एयरलाइन्सको छैटौँ विमान आज दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई . . .


सय बढी अवैध संरचना भत्काइयो : कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध स. . .


नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

काठमाडौं । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको �. . .


प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने विधेयकप्रति निर्वाचन आयोगको असहमति

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल नयाँ हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गरेपछि पनि कायम रहनु उपयुक्त नदेखिने जनाएको छ । नेपाल सरकारले अर्काे निर्वाचन भई नयाँ सदस्यसहितको पहिलो बैठक भएपछि हालका सांसद्को कार्यकाल सकिने गरी प्रतिनिधिसभाका केही ऐन संशोधनमार्फ�. . .


धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा वरिष्ठ नेता महतोको एकल नाम सिफारिस

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ । लोसपा धनुषा क्षेत्र नम्बर ३ को आज सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष. . .


निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, . . .


भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुनुभएक�. . .


सिट बाँडफाँट समयमा नै हुन्छ : अध्यक्ष भट्टराई

अत्तरिया । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताउनुभएको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुग्नुभएका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने �. . .


ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन�. . .


खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै बाल शिक्षकहरुको आन्दोलन

विराटनगर । विराटनगर महानगरपालीकाले बाल विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक कटौती गरेपछि बाल विकास शिक्षक संघर्ष समिती आन्दोलनमा उत्रिएका छन् । स्थानिय सरकारबाट खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै गत शुक्रबारदेखी नै आन्दोलनरत छन् । उनीहरुले सोमबार पनि महाननगरपा�. . .


कानेपोखरीबाट विद्यालयको सामान चोरी गर्ने समूह पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा चोरी गर्ने समूह पक्राउ परेका छन् । आइतबार राति १० वजेको समयमा विद्यालयमा रहेको कम्प्युटर , खाजा तयार गर्ने भाँडाकुडा चोरीमा संलग्न कानेपोखरी–२ बस्ने वर्ष २० का अजय सरदार वडा नं ३ बस्ने वर्ष २८ का प्रदीप चौधरीलाई प्र�. . .


राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विश. . .