सम्पूर्ण समाचार

विराटनगरको फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता

विराटनगर, २१ असार । नेपाल पौडी संघ र मोरङ पौडी संघको आयोजनामा विराटनगर स्थित फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । महिला र पुरुष गरी छुट्टा छुट्टै विधामा शुक्रबार   प्रतियोगिता  सम्पन्न गरिएको छ । ८ सय मिटरतर्फको प्रथम ससाहाङ्ग राई, द्धितीय अजय सोरेन र तृतीय अन्जन मलिक भए । पुरुष तर. . .


विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी,पुरस्कृतले पाए ५० हजार नगद

विराटनगर, २१ असार । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी गरेको छ। प्रदर्शनीमा प्रदेश १ प्रदेशभरीका युवावैज्ञानिकको ३० वटा अनुसन्धान तथा अन्वेषण प्रदर्शन गरिएको थियो। कृषि, विज्ञान तथा इ�. . .


जीपी कोईरालाको जन्मजयन्तीमा विराटनगरको बरगाछीमा यस्तो देखियो (फोटो फिचर)

विराटनगर, २० असार । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । सोही अबसरमा आज साँझ जी.पी.कोइराला फाउन्डेसन मोरङ शाखाले विराटनगरमा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन पछि कार्यक्रममा नेपाली कांग्रेसक�. . .


आफू पनि सेवाग्राही हुन्छु भन्ने सम्झेर जनताका काम गर्नुस् – मुख्यसचिव अधिकारी

भद्रपुर, २० असार । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले आफू पनि कुनै कार्यालयमा जाँदा सेवाग्राही बन्नुपर्ने कुरालाई ध्यानमा राखेर जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको सेवाप्रवाह बडापत्रको विमोचन गर्दै मुख्य सचिव अधिकारील�. . .


मजदुरलाई भारतमा दुःख दिएको भन्दै विराटनगरमा पेट्रोलियम ढुवानी ठप्प

विराटनगर ।  मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलिय ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प भएको हो। छ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवा. . .


सुनसरीको हरिनगर गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे

नसीम अन्सारी । भुटाहा, २० असार । सुनसरीको हरिनगर गाउँपालिकामा विकासले गति लिएको छ । स्थानीय तह कार्यान्वायनमा गएसँगै विकासको कामलाई प्राथमिकतामा राखेर काम भएको हो । बहुबर्षिय योजनामा रहेका ७ वटा सडकमा २८ किलोमिटर सडक कालोपत्रे भएको हो । २८ किलोमिटर भुटाहादेखि भारतको बस्मतिया जाने सडकको कालोपत्रे गर. . .


नेपाल पत्रकार महासंघ मोरङले पुरस्कारमा अंकुश लगायो, फेसबुकमा जथाभाबी लेख्नेलाई कार्वाही

विराटनगर, २० असार । पत्रकारलाई पुरस्कार दिएको बिषयमा विवाद उत्पान्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ । शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा असार १८ गते बसेको महासंघका पूर्व अध्यक्ष, पदाधि. . .


नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प

गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर �. . .


एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : नेपालको सिंगापुरविरुद्ध शानदार जित

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकलेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो लक्ष�. . .


एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौं, असार २० । मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको हो । प्रारम्भिक ब्याट्सम्यान रित गौतम. . .


कोशी अस्पतालले एक करोड ४१ लाख विद्युत महसुल तिर्न बाँकी, प्राधिकरणको लाईन काट्ने तयारी

विराटनगर, २० असार । विराटनगरमा रहेको कोशी अस्पताल हरेक बर्ष बिद्युतको महसुल नतिरेर विवादमा पर्ने गरेको छ । नियमित भुक्तानी गर्नु पर्ने विजुलीको महसुल नतिर्दा प्राधिकरणले विद्युतको लाईन काट्नेसम्मको चेतावनी दिएको छ । अस्पतालले प्राधिकरणलाई एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा सहसुल बुझाउन बाँक�. . .


नेपाल विद्युत प्राधिकरण विराटनगरद्वारा विद्युत चोरी गर्ने ११ जना नियन्त्रणमा

विराटनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले गएराती जहदा गाउँपालिकाको वडा नम्बर ७ बाट बिद्युत चोरी गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । रातीको समयमा बिद्युत चोरी गर्ने ११जनालाई पक्राउ गरी ल्याएको हो । मोरङको दक्षिणी क्षेत्रमा बिद्युत चोरीको दर अत्याधिक भएपछि प्रहरी र नेपाल बिद्युत प्राधिकरणको सं�. . .