नवलपुर । यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृ�. . .
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्ल�. . .
विराटनगर । नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति पदमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू दोस्रो पटक विजयी भएका छन्। देउवा क्याम्पका प्रत्याशी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पछि पार्दै लिम्बू दोस्रो पटक जिल्ला सभापतिका पदमा निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार लिम्बूले १ हजार ९ सय ६ मत र . . .
काठमाडौँ । सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौँका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर अस्पताल,निजामती सेवा अस्पताल,नेपाल प्रहरी अस्पताल,वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पत�. . .
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रह�. . .
चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिनुभएको हो । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रम�. . .
धनगढी । बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीका किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव खेप्न बाध्य छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् । ७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र �. . .
शालिग्राम नेपाल सौराहा,(चितवन) । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली लगायत अन्य पदाधिकारीले मगंलबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वा�. . .
काठमाडौँं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएक. . .
विराटनगर । पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि लायन्स क्लब अफ विराटनगर मोरङले सचेतनामुलक स्टिकर टाँस अभियान सुरु गरेको छ । क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा विराटनगरको तिनपैनी चोकदेखि अभियान सुरु गरेको हो । पछिल्लो समयको अव्यवस्थित सहरीकरणसँगै बढेको सवारीसाध�. . .
एजेन्सी ।दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देख�. . .
काठमाडौँ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो । नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँ�. . .