सम्पूर्ण समाचार

पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी । पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी �. . .


प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्र�. . .


नेपाल–अमेरिका संयुक्त सैन्य तालिम सकियो

काठमाडौँ ।नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि सञ्चालन भएको संयुक्त तालिम आज यहाँ समापन भएको छ। काठमाडौँ, पोखरा र अन्नपूर्ण आधार शिविर बेस क्याम्प इलाकामा सञ्चालन भएको तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारजस्ता विषयको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइए. . .


२४५ जना नयाँ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार १४० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .


अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

शिवराज ढुंगाना अछाम । मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मंगलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टंक भण्डारी र मंगलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थ. . .


नेपालमा एचआइभी-एड्सको सङ्क्रमण दर घट्दो

काठमाडौं । नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १�. . .


ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रुपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ । निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए । अहिले ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्. . .


सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् । सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, �. . .


भारतमा ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता

एजेन्सी । हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ । तर पनि उनलाई कोरोनाको �. . .


जापानमा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन�. . .


दोर्दी करिडोरका जलविद्युत् आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं । हाइड्रो हबका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ । करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजन�. . .


केन्द्रीय कारागारमा बिरामी कैदीबन्दी बढ्दै

काठमाडौं । नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पुग्दो शौचालय नभएको केन्द्रीय कारागार, सुन्धाराका शाखा अधिकृत रविन राईले बताउनुभयो । विद्यालय र अस्पतालको सुविधा भएकाले त्यहाँ धेरैजसो बिरामी कैदीबन्दी आउ. . .