सम्पूर्ण समाचार

भेडाबाख्रालाई पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

त्रिशूली । नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भे�. . .


हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा प. . .


प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिनुभएकी भारतीय गायिका लता मङ्गेशकरको �. . .


विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

महोत्तरी । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रत. . .


खुकुरी प्रहार गरी दुईको हत्या

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त विजयलाई प्रहरीले न�. . .


रोकी राखेको ट्रकमा कार ठोकिदा तीनजनाको मृत्यु, दुई घाइते

बुटवल । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार विहान करिव ५ बजे सडक किनारमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाईते भएका छन । पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख ९७७२ नम्बरको ट्रक सडक किनारमा रोकिएको थियो । सो ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर�. . .


प्रदेश १ : मन्त्रिपरिषद सदस्यका लागि आचारसंहिता, परिणाममुखी काम गर्न निर्देशन

विराटनगर । प्रदेश नंं. १ को नवगठित मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको जिम्मेवारी हेरफेरपछि केही अत्यावश्यक निर्णयहरु गरेको छ । बैठकले मन्त्रिपरिषदका सदस्यहरुका लागि आचारसंहिता लागु गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम परिणाममुखी बनाउने लगायतका निर्णय गरेको हो । बैठकले मन्त्रिपरिषदका सदस्य र सचि. . .


फागुन १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने सिफारिस गरेको छ । विद्यालयमा विद्यार्थीको उपस्थितिमै कक्षा सञ्चालन गर्नका लागि सिफारिस गरेको हो । यसैगरी सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको कोभिड–१९ संक�. . .


एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाट�. . .


प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपु�. . .


योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि काँग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको �. . .


लमजुङमा भूकम्पको धक्का

लमजुङ । यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताए�. . .