सम्पूर्ण समाचार

त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । शुक्रबार दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरी�. . .


यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार निरन्तर बढेर शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा �. . .


ब्रिटिश एजुकेशन ग्रुपले लियो क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व लिंदै संचालनको जिम्मा लिएको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज ९एम�. . .


स्पेनले यामललाई फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

काठमाडौं । युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड प्रतिस्पर्धामा हुने छन् । जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिन. . .


आदिकवि भानुभक्तको जन्मजयन्ती आज : विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घर. . .


विराटनगरको तीनपैनीमा जीवन विकास स्वीट्सको नयाँ शाखा

विराटनगर । जीवन विकास मिल्क एण्ड स्वीट्सले विराटनगरको तीनपैनी क्षेत्रमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। स्थानीय ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै यो नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ। संस्थाका सञ्चालक विजय मण्डलका अनुसार, यस पसलमा विभिन्न प्रकारका दुग्धजन्य परिकारहरू बिक्री वितरण ग. . .


विराटनगर महानगरले डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोज. . .


विराटनगरको केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान हुने महानगर दाबी

विराटनगर । विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान हुने विराटनगर महानगरपालिकाले दाबी गरेको छ । वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर�. . .


आर्थिक अवस्था होइन, ऋणीहरुको अवस्था बिग्रिएको छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक अवस्था होइन् ऋणीहरुको अवस्था नराम्रो भएर समस्या आएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिको सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले दिएको ऋणले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सही कि. . .


विपद्का घटनाबाट एक सय ३ जनाको मृ*त्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका विपद्मा परेर हालसम्म एक सय तीन जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ ज�. . .


सर्वोच्च अदालतद्वारा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत आदेश

नयाँदिल्ली । सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा रहेको बेन्चले ईडीद्वारा गरिएको उहाँको गिरफ्तारीलाई चुनौती दिन�. . .


झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भद्रपुर (झापा) । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रद�. . .