सम्पूर्ण समाचार

विराटनगरमा ठगी गर्ने गिरोह पक्राउ, आफन्त हुने र नक्कली सुन देखाएर प्रलोभनमा पार्ने

विराटनगर । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा आएको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने नेपाल र भारतका छ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सोमबार मोरङ प्रहरीले नियन्त्�. . .


विराटनगर महानगरद्वारा नागरिकका लागि ‘सुलभ फार्मेसी’ संचालनको तयारी

इन्दु साह विराटनगर । विराटनगर महानगरले सुलभ फार्मेसी संचालनमा ल्याउने तयारी गरिरहेको छ । नागरिकलाई औषधीमा सहुलियत दिनका लागि महानगरपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन लागेको हो । फार्मेसी सञ्चालन कार्यविधीसहित औषधी उपलब्धताको विषयमा अहिले अध्ययन गरिरहेको छ । महानगरपालिका स्वास्थ्य महाश�. . .


एनपिएल : अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आ�. . .


आठ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका आठजना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमब. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ लाख ४६ हजार प�. . .


पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा

प्रगति ढकाल/रासस काठमाडौँ । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका साथ आवाज उठाए पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा हालसम्म ती मुद्दाले प्राथमिकता पाउन सकेको छैन । केही दिनअघि अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप �. . .


डिजिटल राइट्स फेस्टिवलमा अपांगतामैत्री पहुँचयुक्त संचार बारे छलफल

काठमाडौं । काठमाडौँमा जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत सोमबार विभिन्न बिषयमा छलफल भइरहेको छ । काठमाडौंको पार्कभिलेज रिसोर्टका विभिन्न तीन फरक स्थानमा इन्टरनेटको प्रयोग र सुरक्षासहितका विषयमा छलफल जारी छ । छलफलको एउटा सत्रमा सोमबार अपांगता भएका ब्यक्तिले कसरी इन्टरनेटका माध्यमको प्रयोग ग�. . .


एक सातामा धरहराबाट करिब रु १५ लाख राजश्व सङ्कलन

काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म रु १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रका�. . .


किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

केदार मगर/रासस खोटाङ । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिस. . .


झापाको कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

बनियानी (झापा) । यहाँको कचनकवल गाउँपालिका विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताउनुभयो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ �. . .


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गर्न�. . .


विराटनगरमा डाक्टर शेखर पक्षधरको सभापति भेलामा केन्द्रको ‘अब्जेक्सन’

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षधरको मंगलबार विराटनगर जैन भवनमा हुने कोशी प्रदेश स्थानीय तहस्तरीय सभापति भेलामा केन्द्रीय मुख्यालयले ‘अब्जेक्सन’ जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय मुख्यालयले कोशी प्रदेश समितिलाई पत्र पठाउँदै शेखर कोइराला समूहको समानान्तर भेलामा आध�. . .