सम्पूर्ण समाचार

एनपीएल : जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमल�. . .


पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटा�. . .


माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । विहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासी खुमलटारमा बसेको केन्द्रीय बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘आजको बैठमा स्थानीय तह उपनि�. . .


विराटनगरको ह्यापी आवर हेभन रेष्टुरेन्टले पहिलो वार्षिकोत्सव मनाउने

विराटनगर । विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभन रेष्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सव "हेभन टार्नस् वान" मनाउने तयारी गरेको छ । विराटनगरमा गत बर्षबाट संचालनमा आएको उक्त रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव एक हप्तासम्म विभिन्न कार्यक्रम तथा अफरहरुको साथ मनाउन लागेको रेष्टुरेन्टले जनाएको छ । का�. . .


नेपाल– चीन पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौँ । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसीे)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो । चीनको राष्ट्रि�. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि ब. . .


उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागे�. . .


झापामा धानको समर्थन मूल्य तोकियो

भद्रपुर (झापा) । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प�. . .


प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज ( बिहीबार) स्वदेश फर्किदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओ�. . .


सुख्खायाममा पनि रोकिएन सोलुखुम्बुमा पहिरो, सयभन्दा बढी घर जोखिममा

सुवास दर्नाल/रासस सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, . . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक. . .


विराटनगरमा जनताकै लागि राखिएका फलैंचा जनताद्वारै तोडफोड

प्रेम देवान विराटनगर । विकास भएन भनेर सत्तोसराप गर्नेको समाजमा कमी छैन । तर, भएका विकासको संरक्षण होइन क्षति गर्ने काम पनि समाजकै सदस्यहरूबाट भइरहेको छ । तस्बिरमा देखिएको दृष्य अरु काहींको नभएर हाम्रै विराटनगर महानगरपालिकाको हो। जुन विराटनगर महानगरपालिका वडा ३ स्थित पुर्व मेयर तथा हालका प्रदेश सांस. . .