देशको खबर

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । “आज बसेको �. . .


दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

काठमाडौँ । पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बा�. . .


लोक गायिका निराको सपना विमान दुर्घटनासँगै विलिन भयो

विराटनगर । १८ घण्टा अगाडी लोक दोहोरी गायिका निरा छन्त्यालले समजिक सञ्जालमा कार्यक्रमको तस्वीर पोस्ट गर्दै लेखेकेकी छन्, ‘छन्त्याल भवन काठमाडौको माघि सकियो अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ तर, उनले सामाजिक सञ्जालमा भने जस्तै पोखरामा रमाइलो गर्ने सपना भने हवार्इ दुर्घटना सँगै विलिन भयो । पोखरा जा�. . .


प्रधानमन्त्री दाहाल पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उहाँ विमान दुर्घटनास्थल पोखरा जान लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो �. . .


सुनको मूल्य तोलाको एक लाख पाँच हजार

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र. . .


पोखरा विमान दुर्घटना : उद्धारका लागि हेलिकोप्टर परिचालन

काठमाडौँ । पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट ९एनएएलएक्स र ९एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ । साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्�. . .


पोखरा विमान दुर्घटना : ३२ जनाको शव निकालियो

काठमाडौँ । पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका स�. . .


यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु

काठमाडौँ । पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानि�. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

काठमाडौँ । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिनुभयो । विमानमा चालक. . .


प्रधानमन्त्री दाहाल विमानस्थलमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिनुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक. . .


पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँ�. . .


‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

काठमाडौँ । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिनुभयो । . . .