देशको खबर

हिमपातले टावरमा समस्या

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताउनुभयो । . . .


सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

बैतडी । सीमासुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी(बिओपी) स्थापना ग�. . .


प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जना�. . .


‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा यहाँ �. . .


बस दुर्घटनामा एक शिशुको मृत्यु

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ ।आज बिहान करिब ३:३० बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालको मत्यु भएको हो । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५. . .


कैलालीमा पुन:बढ्न थाल्यो कोरोना सङ्क्रमणदर

कैलाली । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् । कैलालीको टीकापुर नगरपाल. . .


राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्�. . .


आगलागीबाट तीन लाख बराबरको क्षति

वीरेन्द्रननगर । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु.तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार�. . .


बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ । राप्तीसोनारी –६ फत्�. . .


कोरोना कहर: माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गरिने

कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो । सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर. . .


नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबा�. . .


नेपालमा बढ्दै कोरोना: थप १ हजार १ सय ६७ मा सङ्क्रमण

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार ८४८ जनाले पिसिआर र तीन हजार ७८४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २२४ जना कोरोनाबाट �. . .