देशको खबर

इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न

कञ्चनपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको मितिभन्दा ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा बैठकमा आपसी समझदारी बनेको छ ।. . .


बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका-४ सुर्केमेला घर भएका २१ वर्षीय सन्देश छिनाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला. . .


ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा भएको उनीहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको हो । भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस�. . .


काठमाडौंमा निर्वाचनको चहलपहल बढ्यो

काठमाडौं । संघीय राजधानी काठमाडौंमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् । चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएक. . .


किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु

काठमाडौं । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि स�. . .


भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता

बाँके । भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए । गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चा�. . .


अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय छबिराम लामीछाने लगायत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार�. . .


उपकार लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु.१�. . .


महिला बेचविखनमा संलग्न एक अभियुक्त ३२ वर्षपछि पक्राउ

पर्सा । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु.२५ हजार जर�. . .


मधेस प्रदेशका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील सूचीमा

काठमाडौं । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३० गते हुन गइरहेको स्थानी�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिराले उडान भर्ने

काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका ला�. . .


नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि आज राष्ट्रपति भण्डारी चितवन जाँदै

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्स�. . .