देशको खबर

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

काठमाडौं । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपराह्न आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ भने संवैधानिक. . .


चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्च बापत रु.५० हजार प्रदान गरेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सा�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोली सहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु स�. . .


प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

काठमाडौैं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबल�. . .


स्थानीयवासीलाई मन्दाकिनी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु. १०० अङ्कित दरमा रु. पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को. . .


अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरबाट करिब १६ केजी अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-१ मुङरीकोट बस्ने ३४ वर्षीय कुमार घ्यावा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रजैयाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.१ ज १६५६ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा. . .


प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ सयले घटेर ९६ हजार ५ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प�. . .


आदर्श लघुवित्तको आईपीओ खुल्यो

विराटनगर । आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आदर्श लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारी�. . .


बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

तनहुँ । मंगलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कील. . .


म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

म्याग्दी । म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभ�. . .


नागरिक एपमा नयाँ अपडेट

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा नयाँ अपडेट आएको छ । एपको पछिल्लो १.५.४ सँगै सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा थपिएको छ । यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोड�. . .


भोलिबाट देशभर मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचार�. . .