देशको खबर

पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


सुनसान बने उपत्यकाका सडक

काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदु�. . .


आचारसंहिताको उल्लङ्घन गरेको पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।यस अवधिमा आफ्ना पक्षक�. . .


सर्लाहीबाट अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

सर्लाही । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । घटना बारेमा प्रहरी. . .


कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

कञ्चनपुर । जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृतलगायत कर्मचारी तीन स�. . .


कास्कीका एक तिहाइ मतदानस्थल अतिसंवेदनशील

कास्की । कास्कीका एक तिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । पोखरा महानगरपालिकाका वडामा रहेका मतदा�. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बझाङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसप�. . .


बाँकेमा निर्वाचनका लागि सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

नेपालगञ्ज । बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् । शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले ज�. . .


मतदानका लागि तीन दिन हिँड्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी �. . .


काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

बनेपा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई �. . .


पाल्पामा पुरुषको तुलनामा महिला मतदाता बढी

पाल्पा । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् । जिल्लाको १. . .


दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा . . .