देशको खबर

कञ्चनपुरमा चट्याङ लागेर दुईको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो । “चट्याङ पर्दा . . .


हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताउनुभयो । सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप�. . .


भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४ व�. . .


मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ । आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूल�. . .


भिरबाट लडेर एक मजदुरको मृत्यु

चरीकोट । दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भए�. . .


बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी �. . .


पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण�. . .


राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुनेभएको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रक�. . .


क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई आज बिदाइ गर्नुभयो । नेपालले क्यानडासँग दुईवटा एकदि�. . .


सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताउनुभएको छ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्र. . .


प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “हाल मिति २०७९/३/१ देखि निर्वा�. . .


स्थानीयस्तरसम्म स्वास्थ्य सेवा विस्तारका लागि पर्याप्त बजेट छ : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीयस्तरसम्म आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको सांसद्हरूले गर्नुभएको प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री खापुङले प्रत�. . .