देशको खबर

इन्धनमा फेरी मूल्य वृद्धि,पेट्रोल प्रतिलिटर १ सय १० रूपैया

काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर बढाएको हा । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयामा उपलब्ध हुनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ९७ रूपैया प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमबाट प�. . .


सरकारी गाडीमा गरेको आगजनी आरोपमा ५ नेवि संघका कार्यकर्ता पक्राउ

पोखरा, १९ माघ । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी (नेवि) संघका कार्यकतालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित होटलबाट पक्राउ गरिएको हो ।नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति �. . .


सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप

राजविराज, १९ माघ । सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ।भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा झडप भएको हो। प्रहरी टोलीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा . . .


विदेशिदै नेपाली नर्स : नेपाली नर्सको प्रमुख गन्तव्य अस्ट्रेलिया

काठमाडौँ, माघ १८ गते । नेपाली नर्सको रोजगारी तथा अध्ययनको प्रमुख गन्तव्य अस्टेलिया बन्ने गरेको छ । संयुक्त राज्य अमेरिका र दुवई क्रमशः दोस्रो र तेस्रो रोजाइमा पर्दैआएको छ । यसवर्षको मङ्सिरसम्म विदेशिने नेपाली नर्सको संख्या दुई हजार एक सय पुगेको छ । २०५९ देखि हालसम्म १२ हजार ९१ जना नर्स विदेशिएका छन् �. . .


आज मौसम बदली, पूर्वमा हल्का वर्षाको सम्भावना

काठमाडौं माघ १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली  रहने र  बाँकी भूभागहरुमा आंशिक बदली रहने  जनाएको छ । देशका पश्चिमी भेगका थोरै स्थानहरु र मध्य र पूर्वका एक दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।  हिमाली भेगका केही . . .


पूर्व युवराज पारस शाहको अवस्था सुधारोन्मुख , सिसियुबाट क्याबिनमा सारिए

काठमाडौं माघ १६ । हृदयघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य सुधारोन्मुख तथा स्थिर भएकाले सिसियुबाट क्याबिनमा सारिएको आज अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छातीमा अतिशय पीडा भएपछि सोमबा. . .


यस्तो पनि : श्रीमती हत्या गरी जेल गएका एक युवाले जेल भित्रै गरे आत्महत्या

चरिकोट, रासस । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । श्रीमती�. . .


सुन चाँदीको मूल्य बृद्धि , सुन प्रति तोला ७ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले मूल्य बृद्धि

साताको चौथो बुधाबार सुन चाँदीको मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ७ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले मूल्य बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रु�. . .


सप्तरीमा किशोरीको अर्धनग्न शव फेला, हत्या आशङ्कामा बाबु पक्राउ

सप्तरी, २६ माघ ।  सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।  बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्र�. . .


कति शहीद, छैन यकिन तथ्याङ्क !

काठमाडौँ, माघ १६ । यही माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । व. . .


सिन्धुलीमा दुई समुहबीच खुकुरी हानाहान

सिन्धुलीमा दुई समुहबीच खुकुरी हानाहान भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्यांगमा मंगलवार दिउसो दुई समूह बीच खुकुरी हानाहान हुदाँ एक जना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो करीब २ बजेको समयमा पिपलभञ्ज्यांगका कमाण्डो भनिने अमर तामाङलाई कमलामाई नगरपालिका २ मुढे बस्ने कमल थापाले खुकुर�. . .


कारागारबाटै मनाउन थालिएको शहीद दिवस कहिले उमङ्ग र उल्लासमय, कहिले ओझेलमा

काठमाडौँ, माघ १६ गते । प्रजान्त्रका लागि प्राण आहुती दिने वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि आज (माघ १६ गते) शहीद दिवस मनाइँदैछ । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि �. . .