देशको खबर

वैदेशिक रोजगारी : कात्तिकमा मात्रै झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाण्डौ । वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै झण्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरि ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् �. . .


युएइ सरकारले कामदारको भिसाको अवधि बढाएर ५ वर्ष बनायो

काठमाडौं । संयुक्त अरब इमिरेट्सले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका विदेशी कामदारहरुको लागि भिसाको अवधि बढाएर ५ वर्ष बनाएको छ । क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसको जानकारी दिएका छन् । शेखले मंगलबार ट्वीट गरेका छन् ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिनु हो र उनीह. . .


सुन्तलाको दाना झर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औसा) परेर धमाधम झर्न थालेको बताउनुभयो । “गत वर्ष रु एक लाखको सुन्तला बेचेको थिए । यस. . .


नेपाल–बङ्गलादेशबीच पर्यटन गर्न छलफल

पोखरा । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवर्धन देखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम. . .


सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले आफ्ना लागि कुनै पनि इजलास तोक्नुभएको थिएन । पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ . . .


छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा९. . .


फरार प्रतिवादी पक्राउ

देवघाट । प्रहरीले हातहतियार खरखजना मुुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए । �. . .


गुरु नानक जयन्तीका अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरु नानक जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरूले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हा�. . .


बौलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते

शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबै�. . .


भारतको प्रदूषणयुक्त हावाको असर नेपालमा पनि, भिजिबिलिटी घट्यो

काठमाण्डाै । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो । मौसमविद् निराजन सापकोटाका अनुसार आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । हिजो अस्ति सात/आठ हजार मिटर हुने गरेको थियो । अहिले हवाई सेवाम�. . .


पशुपालक किसानलाई ‘गोठालो भत्ता’

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६-०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि ए�. . .


वैदेशिक रोजगारीमा जाने घटे

भैरहवा । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ। राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी भएकोे हो। विगत दुई आर्थिक वर्षमा रूपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुस�. . .