देशको खबर

तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

काठमाडौं, कात्तिक ७ गते । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगत झैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाल. . .


प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश १ आउँदै

सचिन पोख्रेल/प्रेम अधिकारी गाेरखापत्र इटहरी, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न आज विहान पूर्वी नेपालको भ्रमणमा आउने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिर�. . .


छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्. . .


बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका स�. . .


बेमौसमी वर्षाको पीडा : काटेर राखेको धान खेतमै उम्रियो

कञ्चनपुर, कात्तिक ६ गते । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन् ।सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् । लालझाडी गाउँपालिकाको कञ्जका कि�. . .


जनगणना २०७८ को तयारी धमाधमः उपमहानिर्देशक रेग्मी

चाँदनी आचार्य गाेरखापत्र लम्की (कैलाली) कात्तिक ६ गते । दश वर्षपछि नेपालमा जनगणना शुरु हुदैछ । ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराका साथ केन्द्रिय तथ्याङ्क विभाग यतिखेर जनगणनाको तयारीमा जुटेको छ । केन्द्रिय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले कात्तिक २५ गतेदेखि शुरु हुने राष्ट्रिय जनग. . .


दोलखाको कुमारी भवन निर्माण सम्पन्न

बाबुराम शर्मा गाेरखापत्र चरीकोट, कात्तिक ६ गते । गत भूकम्पले भत्काएको दोलखाको भीमेश्वर नगरपालिका– २ ऐतिहासिक सहर दोलखाको कुमारी भवन स्थानीय युवाको अगुवाइमा निर्माण सम्पन्न भएको छ । सम्बन्धित निकायले बनाइदिने आशमा लामो समय कुर्दा नबन्ने देखेपछि स्थानीय युवाले आर्थिक सहयोग जुटाएर पुरातात्विक हि�. . .


थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ प�. . .


सुदूरपश्चिम सरकार राहत लिएर बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

भवानी ऐर गाेरखापत्र गोदावरी (कैलाली), कात्तिक ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट राहत लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा जाने तयारी गर्नुभएको छ । बर्षाले निम्त्याएको बाढीपहिरो र डुवान प्रभावितलाई सुदूरपश्चिम सरकारले राहत, उद्धार तथा क्ष्तिपुर्तिका लागि २५ करोड रुपियाँ छुट्या. . .


बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते

गाेरखापत्रसमाचारदाता सुर्खेत, कात्तिक ६ गते । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर ७ मा रहेको कट्कुवा सामुदायिक बनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतले बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षिया लीला न�. . .


आएन बाघ नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया म�. . .


बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

सुदूरपश्चिममा बाढीपहिरापीडितलाई राहत वितरण सुरु गरिएको छ । प्रदेश सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण थालेको हो । हेलिकोप्टरमार्फत राहत सामग्री ढुवानी गरेर प्रदेशका पहाडी जिल्लामा सो राहत सामग्री वितरण गर्न थालिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जान. . .