देशको खबर

सुर्खेतमा लागूऔषधसहित १० पक्राउ

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२. . .


भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण

चितवन । भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६ नियमावली बनाएर कार्यपालिका र नगरसभाबाट पास गरि. . .


प्रदेशसभाको बैठक बस्दै , प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

जनकपुर । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधान�. . .


पनौतीमा माघ महिनाभर बाह्रवर्षे मकर–स्नान

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेलाअन्तर्गत आजदेखि मकर–स्नान सुरु भएको छ । तर स्वास्थ्य सुरक्षा–मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने मापदण्ड बनाइएको छ । काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाटमा एकपटकमा . . .


टाइगर कप भलिबल : पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि

पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुर. . .


प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

सङ्घीय सरकारले महत्वका साथमा सुरुआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो । कालीकोटको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीको जनजीवन माध्यमिक विद्या�. . .


लागुऔषध गाँजासहित दुई पक्राउ

गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग. . .


ट्र्याक्टर दुर्घटनामा मृत्यु

सप्तरी । सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ । स१त २७६ नंको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ट�. . .


पछिल्लो २४ घण्टामा चार हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ । पछिल्लो समय थप ३५० जना सङ्क्रमणमुक�. . .


सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्या�. . .


कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु । मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरुलाई स. . .


घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति

माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका �. . .