देशको खबर

नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बुधबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा नागरिकको जीवन रक्षाका लागि बजेटको व्यवस्था र खो�. . .


धरानमा स्मार्ट बसपार्क बन्दै, यस्तो हुनेछ संरचना

प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण �. . .


सार्वजनिक सवारी साधनमा भाडा वृद्धि

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्�. . .


प्रदेश नं २ को बजेट सर्वसम्मतिले पारित

प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । आर्थिक वर्ष २०७८-७९ का लागि असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ . . .


नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो । शेरबहाद�. . .


देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट काँग्रेसका उपसभापति विजय गच्छदार विशेष अदालतमा उपस्थित भए

विराटनगर । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । उनी बुधबार अदालतमा हाजिर भएका हुन् । पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै उनी अदालत पुगेका हुन् ।विशेष अदालतका उपरजिष्टार पुष्पराज पाण्डेयले गच्छदा. . .


सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी ग�. . .


सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल भेटिए

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको परिवारसँग भेट्न. . .


यि हुन् आज नवनियुक्त मन्त्रीहरु

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानू�. . .


जनार्दन शर्मालाई अर्थ मन्त्रालयको जिम्मा

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त हुनुभएको हो । यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःन�. . .


नवनियुक्त प्रधानमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो । शपथ ग्रहण समारोहमा नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टर�. . .


जापानले नेपाललाई सोह्र लाख खोप दिने

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने . . .