सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्. . .
धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् । शुक्रबार धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनौजी गाउँपालिका–५ बह�. . .
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा सम�. . .
निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको शुक्रबारको बैठकले साउन ३ गते देखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको. . .
नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गर्नुभएको सैनिक जनस�. . .
काठमाडौं यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षण गरिएको सङ्घीय संसद् सचिवाल�. . .
काठमाडौं नेपाली काँग्रेस पदाधिकारी बैठक जारी छ । काँग्रेस पदाधिकारी बैठक प्रम निवास बालुवाटारमा जारी रहेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो । काँग्रेसको जारी बैठकमा आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल केन्द्रीत रहने बताइएको छ । काँग�. . .
काठमाडौं नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्�. . .
भद्रपुर झापामा छुट्टाछुट्टै घटनामा बिहीबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ भने भद्रपुर ६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी पिउने क्रममा पानी सर्किएर मृत्यु भएको छ । बिहीबार दि�. . .
काठमाडौं सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि छोटो दूरीका यातयातको भाडा भने तत्काल समायोजन नहुने भएको छ । असार २७ गते मन्त्रीस्तरीय निर्णयबाट एक प्रदेशबाट अर्को प्रदेशमा पुग्नेसम्मका लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा. . .
काठमाडौं नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु पनि बैठकमा सहभागी हुनुभएको छ । तर उहाँहरुले बैठकमा सहभागी हुनुभन्दा पनि अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न आफूहरु बैठक स्थलमा आएको बताउनुभएको छ । ए�. . .
हेटौँडा बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले यातायात क्षेत्रको सेवा र राजस्वको भुक्तानी अब विद्युतीय माध्यमबाट गर्नसक्ने भएका छन् । यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारको यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्नसक्ने गरी व्य�. . .