देशको खबर

आज देशभर साउने सङ्क्रान्ति मनाइँदै; आजैदेखि दक्षिणायन शुरु

काठमाडौं सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक. . .


एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का

पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अन�. . .


नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ

जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वा�. . .


स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदे�. . .


खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप

भुल सुधार:समाचार एजेन्सी राससले उपलब्ध गराएको समाचारमा असम्बन्धित चिकित्सकको नाम समावेश भएकाले भुलसुधार गरिएको छ । खुट्टामा चोट लागेर उपचारका लागि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पताल गएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा. . .


बढ्यो विप्रेषण, घिउतेलमा ३१ प्रतिशतसम्म मूल्य वृद्धि

काठमाडौँ कोरोना कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विप्रेषण निकै सहयोगी देखिएको छ । महामारीको अवस्थामा पनि नेपाल भित्रिने कुनै कमी आएको छैन । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत जेठको तुलनामा १२.६ प्रतिशतले बढ. . .


मन्त्रिपरिषद् बैठकद्वारा साउन ३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं मन्त्रिपरिषद्को आजको बैठकले यही साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । साथै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको बैठक पछि सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय म�. . .


नेपालको निर्यात ३७.८ प्रतिशतले वृद्धि, कुल एक खर्ब २१ अर्ब

काठमाडौँ नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७।८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रति�. . .


ओली पक्षलाई काउन्टर दिन माधव समूहद्वारा ‘अखिल फोर्स’ गठन

काठमाडौँ नेकपा एमालेका अध्यक्ष ओली पक्षको युवा संघले गत सोमबार मात्रै युथ फोर्स पुर्नगठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि आज अखिल फोर्स गठन गरेको छ । नेपाल समूहका अनेरास्ववियुका सह–अध्यक्ष वसिम आलमले बताएअनुसार शैक्षिक माफिया र अराजकता मच्चाउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स ग�. . .


प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेट सम्पन्न

काठमाडाैं प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता . . .


देशभर बदली, धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ\ मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिनुभयो । उहाँ�. . .


एघार महिनामा विप्रेषण १२.६ प्रतिशतले बढ्याे, आठ खर्ब ७० अर्ब भित्रियो

काठमाडौँ विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण �. . .