धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा व�. . .
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारी पक्षको बहस शुरु भएको छ । महान्यायाधिवक्ता रमेश बडालले बहसको प्रारम्भ गर्नुभएको छ । उहाँलाई तीन घण्टाको समय तोकिएको छ । विपक्षी अर्थात् सरकारी तर्र्फबाट महान्यायाधिवक्ताले बहस गरिसकेपछि पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग�. . .
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहर�. . .
प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छ. . .
बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराउनुभएको परिवारले जनाएको छ । हँसिया, खु. . .
वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहाद�. . .
शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताउनुभएको छ । उहाँले स्टिमेट गरेका अधिकां�. . .
महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक. . .
सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिश गर्ने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज कार्कीलाई राजदूतका लागि सिफारिश गर्ने निर्णय मन्त्रिपरिषद्को कार्यान्वयन नगर्न सरकारका न. . .
केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उहाँले खाली समयमा सामाजिक सञ्जाल हेर्नुभयो । युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उहाँले बताउनुभयो । चुडाल . . .
स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर वि।कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उहाँले भन्. . .
नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।. . .