देशको खबर

नेकपा स्थायी कमिटीको अर्को बैठक २८ गते

आन्तरिक विवादका विषयमा छलफल गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ । स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नाराय�. . .


राष्ट्रिय परिचयपत्र वितरण शुरु

सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा नाम समावेश गरे�. . .


पुनःनिर्माण प्राधिकरणको अवधि एक वर्ष थप

नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक �. . .


अर्को पत्र लेख्दै नेकपाको स्थायी कमिटि बैठकमा प्रम ओली पुन: अनुपस्थित (पत्रको पुर्णपाठ)

प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्को पत्र लेख्दै स्थायी कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पठाउनु भएको पत्रलाइ सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर. . .


कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२:४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो । दु�. . .


गर्भमै मारिन्छन् छोरी

लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहे. . .


अझै खुलेन सालको काठमाथिको रोकावट

–भीष्मराज ओझा झण्डै छ महिनाअघिदेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्रीवितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा वन पैदावार आपूर्तिमा ठूलो प्रभाव परेको छ । सालको काठ आवश्यकताअनुसार आपूर्ति नहुँदा एकातिर वन पैदावारमा आधारित उद्योग र त्यसमा आश्रित मजदूर अलपत्र परेका छन् भने अर्काेतिर विदेश�. . .


गोली लागेर खाग तस्कर घाइते

बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ । होटेलमा खाग तस्कर रहेको सूचना�. . .


‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत �. . .


सुर्खेतमा कोरोना सङ्क्रमितको मृत्यु

सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि �. . .


पशुपति क्षेत्रको गुरुयोजनालाई अन्तिम रूप दिन प्राविधिक समिति

पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने क्रम शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई प्राविधिकरूपमा अन्तिम रूप दिई स्थानीयवासीले उठाएका सवालसमेत समेट्न अर्थविद् डा चन्द्रमणि अधिकारीक. . .


बढ्दै सम्बन्ध विच्छेद : ७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद

–जनार्दन घिमिरे गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाट�. . .