चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरब. . .
जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएका आरोपमा पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सबइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो । भानु नगरपालिका–५ मैवलस्थित सरस्वती . . .
नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ । खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँ�. . .
पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनु�. . .
भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको ह�. . .
मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडाँैलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना स�. . .
जुम्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधि छुई गोठमुक्त अभियानमा जुटेका छन् । सो प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुटेको जनप्रतिनिधि बताउँछन् । स्थानीय सरकार गठन भएदेखि ती सरकार र यहाँका सामाजिक सङ्घसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्न थालिएको अभिया�. . .
थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभर योजना बनाउने परम्परा छ । यसपालि थारू बस्तीमा खानपि�. . .
‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भनिए पनि शीतगङ्गा नगरपालिका–११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ । कपिलवस्तुसँग सिमाना जोडिएको यस वडा�. . .
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ । प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ । यस्तै तेजाबी सुन मङ्ग�. . .
बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट. . .
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ । यसअघि सो इजसालले यही पुस १० गतेको सुनुवाइपछि अ�. . .