देशको खबर

पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेक�. . .


माओवादी केन्द्रका सांसद योगेन्द्रद्वारा सांसद पदबाट राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहीबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन् । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले . . .


टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका �. . .


नारायणगढ-मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो

चितवन,  भदौ १५ गते । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत. . .


आउँदो आइतबार सार्वजनिक बिदा

सरकारले आउँदो आइतबार (भदौ १८ गते) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।. . .


डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी । डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक. . .


आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका तीन हजार ५७८ मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। प्रद�. . .


छोराको कुटाइबाट आमाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । म. . .


प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय

काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेका लागि अर्को मिति तय गरेको छ । सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझाव. . .


जननिर्वाचित प्रतिनिधिका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचार�. . .


चितुवा मार्न प्रहरी परिचालन

बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका �. . .


प्रदेश नं ६ मा शिक्षा क्षेत्रका भ्रष्टाचारका उजुरी बढी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको �. . .