देशको खबर

समाधानको बाटोमा नेकपा विवाद

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्न थालेपछि पार्टीभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख देखिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मङ्गल�. . .


मर्जरको तयारीमा हिमालयन बैंक, समिति गठन

निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारे�. . .


अवैध औषधिसहित ८ पक्राउ

जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मक�. . .


कारागारमा कैदीको मृत्यु

कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भर�. . .


नेकपा अध्यक्षद्वयबीचको छलफल

पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उहाँहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् । अपरा. . .


सुनको मूल्यमा रु ८०० वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३. . .


प्रज्ञासभाबाट विभिन्न पुरस्कार घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र,संस्कृति,दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको . . .


पाँच शय्याको कोभिड अस्पताल स्थापना

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको तीन महिनाको प्रयासमा कोभिड अस्पताल स्थापना भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो । स्थापना गरिएको कोभिड अस्पतालका लागि एक मेडि�. . .


मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्. . .


संवैधानिक परिषद् अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रि�. . .


सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने

मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने. . .


सरकारले जनताका आवाज सुनेन , नेता सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गर्नुभयो । पार्टी पूर्वमहामन. . .