देशको खबर

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव आज मनाइँदै , सार्वजनिक विदा दिन माग

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना भाइरस सङ्क्रम�. . .


बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ । पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । �. . .


प्रहरीले भेट्टायो एक लाख रुपैयाँको झोला

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पार्नुभएको हो । फेला परेको झो�. . .


कैलालीको टिकापुरमा कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ म. . .


महामारी बिच आन्तरिक पर्यटकका कारण चहलपहल बढ्दै

चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको मह�. . .


प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँमा तीन हजार सूचिकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गत. . .


भक्तपुरमा सङक्रमण र मृत्युदर बढ्दो

भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना �. . .


पोखराका ६० सहित गण्डकी प्रदेशमा ९८ जनामा सङ्क्रमण

पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पोखरा म�. . .


हुम्लाकाे सामुदायिक वनमा भिषण आगलागी

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा सा�. . .


प्रशिक्षणमा आएका राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाइ कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्�. . .


दशैँ मनाउन घरमा आएका अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई विहिबार पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायँ सुनाएका बागलुङ नगरपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । अदालतको फैसलापछि उनी फरार थिए । दशैँ मनाउन घरमा आएका बे. . .


सरकारकाे सुरक्षित आवास कार्यक्रम : गरिबका खरको छानो हटाइ जस्तापाता हालिदै

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत क्षेत्र नं १ मा एक हजार ५० र क्षेत्र नं २ मा आठ सय ६४ घरमा खरको छाना हटाइन लागिएको छ . . .