प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट बनाउनु भएको छ । उहाँले आइतबार खोल्नु भएको अकाउन्ट भेरिफाइड भएको छ भने पहिलो भिडियो नै करिब २ लाख पटक हेरिइसकिएको छ । ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्टमा हालिएको उक्त पहिलो भिडियोमा सरकारले मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राज. . .
प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले लैनचौरकी ५३ वर्षीय शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ महानगरपालिका–२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला �. . .
करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले राससलाई जानकारी दिनुभयो । पशुपति�. . .
गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो । जिल. . .
देश संघियतामा गएपछि पहिलो पटक सरकारले देशभरका ३९६ वटा अस्पतालको एकैसाथ शिलान्यास हुने भएको छ । आगामी मंसिर १५ गते देशभरका विभिन्न स्थानीय तहमा एकैसाथ अस्पतालहरुको शिलान्यास गर्ने तयारी गरेको छ । संघीय सरकारको योजनामा देशभरका विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास हुने भएको हो । स�. . .
नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी. . .
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिव. . .
जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए । अनुभवी चालक दीपक पुनल�. . .
सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदनलाई अस्वीकार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिवदेन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको हुँदा सर. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गर्नुभएको छ । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेख�. . .
विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो बन्नुभएको हो । “यस. . .
१८ वर्षको उमेरबाट नै इमानसिंह गुरुङलाई यसरी साङ्लोले हात बाँधेर राखिँदै आएको छ । हाल उनी ४९ वर्षका भएका छन् । मानसिक सन्तुलन गुमेपछि दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राखिएको खबर छ । उनी जस्ता सयौं व्यक्तिहरु उद्धार र सहयोगको पर्खाईमा छन् । तस्�. . .