देशको खबर

नेपाल एयरलाइन्सले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौँका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्ति मार्फत जनाएको हो । उक्त उडान�. . .


दश हजार भेन्टिलेटर र आइसियू व्यवस्था गर्न समितिको निर्देशन

प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । समितिको आजको भर्चुअल बैठकले आध�. . .


१६ लाखभन्दा बढीको मोबाइल डिस्प्लेसहित एक भारतीय पक्राउ

कैलालीमा रु १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई रु १६ �. . .


कोरोना जित्नेको कथा : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

“कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो । कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा �. . .


एससई नतिजा: बाल मनोविज्ञानमाथिको ‘मजाक’

माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत. . .


प्रदेश नं २ मा कोभिडबाट हालसम्म ५२ जनाको मृत्यु

मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारम�. . .


कञ्चनपुरमा आजदेखि घर बाहिर निष्कन कडाई

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजे देखि यही भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर �. . .


सर्पको टोकाइबाट जोगिन भ्याक्सिन अभाव

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्य भएको छ । सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टि स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्य भएको हो । भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा जानु परेको भेरी न�. . .


भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो । म�. . .


घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको आग्रह र स्व�. . .


कोरोना जोखिम रोक्न एक्सन: आधा मुलुक ठप्प

काठमाडौँ, ४ भदौ (रासस) ः कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले समय समयमा दिएको आदेश र निर्देशन कार्यान्ययन गर्दै प्रशासन सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ �. . .


पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

कोभिड सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यही भदौ ५ गते १२ बजे रातिदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीवाहक सवारी स. . .