देशको खबर

गर्भमै मारिन्छन् छोरी

लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहे. . .


अझै खुलेन सालको काठमाथिको रोकावट

–भीष्मराज ओझा झण्डै छ महिनाअघिदेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्रीवितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा वन पैदावार आपूर्तिमा ठूलो प्रभाव परेको छ । सालको काठ आवश्यकताअनुसार आपूर्ति नहुँदा एकातिर वन पैदावारमा आधारित उद्योग र त्यसमा आश्रित मजदूर अलपत्र परेका छन् भने अर्काेतिर विदेश�. . .


गोली लागेर खाग तस्कर घाइते

बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ । होटेलमा खाग तस्कर रहेको सूचना�. . .


‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत �. . .


सुर्खेतमा कोरोना सङ्क्रमितको मृत्यु

सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि �. . .


पशुपति क्षेत्रको गुरुयोजनालाई अन्तिम रूप दिन प्राविधिक समिति

पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने क्रम शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई प्राविधिकरूपमा अन्तिम रूप दिई स्थानीयवासीले उठाएका सवालसमेत समेट्न अर्थविद् डा चन्द्रमणि अधिकारीक. . .


बढ्दै सम्बन्ध विच्छेद : ७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद

–जनार्दन घिमिरे गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाट�. . .


मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याउनुभयो । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीम�. . .


नेकपाको सचिवालय बैठक शुरु, प्रधानमन्त्री उपस्थित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुभएको छ । �. . .


नेपालमा २० प्रतिशत जनसंख्यालाई पुग्नेगरि खोप ल्याइने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बना�. . .


पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना र�. . .


प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गर. . .