देशको खबर

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका . . .


बाँकेमा उपचाररत ३० सङ्क्रमित सिकिस्त

कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनु�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८०

१. पाल्पामा अवस्थित प्रसिद्ध ‘रानीमहल’ कसले बनाएका हुन् ? --- खड्ग शमशेर ज.ब.रा [रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा] २. नेपालको राष्ट्रिय खेलको रुपमा भलिबललाई कहिले घोषणा गरिएको थियो ? --- २०७४ जेष्ठ ०८ ३. पातहरु हल्लिदा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? --- १० डेसिबल ४. कमिलाले टोक्दा निस्किने अम्ल(एसिड) कुन. . .


जुवा खेल्ने सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसा�. . .


जलविद्युतकाे ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजन�. . .


गैँडाको माउ र बच्चा मृत फेला, तस्करले मारेको आशंका

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्न�. . .


मायादेवी मन्दिर बन्द हुँदा लुम्बिनी पुगेका पर्यटक खिन्न

पछिल्ला दिनमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढे पनि मायादेवी मन्दिरसहित दुई दर्जनभन्दा बढी बिहारहरु बन्द हुँदा पर्यटकहरु खिन्न भएका छन् । उनीहरु ती सबै ठाउँमा घुम्न नपाउँदा निराश भएर फर्कने गरेका छन् । रुपन्देहीको शङ्करनगरका प्रकाश ज्ञवालीलाई गत शनिबार लुम्बिनी जाँदा त्यस्तै . . .


काेराेना रिपाेर्ट नभएका पर्यटक नाकाबाट फर्काइदै पर्यटक

हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिनानै नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो । हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार�. . .


नेप्सेमा झिनो गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ बिन्दुले घटेर ३२६.४९ मा ओर्लेको छ । कूल २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता शेयर रु एक अर्ब ७५ करोड ७४ . . .


कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री . . .


त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७९

१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली देशको सूचीमा परेका राष्ट्रहरु कुन कुन हुन् ? --- अमेरिका (८१.६ अंक) र चीन (७६.१ अंक) २. किसानको पुरोहितलाई बैघा भनिन्छ भने मेचेको पुरोहितलाई के भनिन्छ ? --- दिउसी ३. सुर्य एवंम् ग्रहहरु सुर्�. . .