मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनम. . .
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनु�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले व�. . .
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक (अपडेट) गर्न शुरु गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचनका लागि शुरुका चरणमा गर्नुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ । सरकारले प्रतिनिधिसभ�. . .
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आजदेखि आफै सम्हाल्नु भएको छ । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन �. . .
–गोपालप्रसाद बराल ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग पर्नुभएकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भन्नुभयो, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” अर्थात मेरा नाउँमा बन्नु रहेछ, अन�. . .
निजी तथा आवासीय विद्यालयमा कार्यरत अधिकांश शिक्षकले समयमा तलब सुविधा नपाएकाले नेपाल शिक्षक महासङ्घले अबको आन्दोलनको मुख्य कार्यसूची यही मुद्दालाई बनाउने भएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रको आयोजनामा आज भर्चुअलरुपमा आयोजित ‘कोभिड–१९ पछि निजी विद्यालयका शिक्षक�. . .
सोमनाथ लामिछाने काठमाडौं, १२ पुस (रासस)– अंग्रेजी संवतको सन् २०२० हामीबाट विदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व छ । महाशक्ति राष्ट्र अमेरिकामा जिम्मेवार नयाँ नेतृत्वको उदय भइरहेको छ भने आज हाम्रा अघिल्तिर देखिएका तत्काल सम्बोध. . .
सिञ्जा गाउँपालिका–६ जोडु गाउँकी शान्ता बूढा बालबच्चालाई पढाउनका लागि जुम्लाको सदरमुकाम खलङ्गा आउनुभयो । गाउँमा बिजुली नहुँदा बालबच्चालाई पठनपाठन गर्न सहज होस् भनेर उनी जुम्ला सदरमुकाम खलङ्गा आउनुभएको हो । यहाँ लामो समयदेखि बिजुलीको चर्को विद्युत्भार कटौतीको मार खेप्नुपरेको उहाँले गुनासो गर्न�. . .
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आय. . .
काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्�. . .
–शङ्कर पहाडी प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन् । उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर पछिल्ला केही �. . .