देशको खबर

नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा

काठमाडौं, बैशाख १२ । नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । भूकम्पबाट झन्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पु¥याएको थियो ।. . .


आगलागीमा परी ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी,१२ वैशाख । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो । सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आ�. . .


जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा

बर्दिया, रासस । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सो. . .


युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट

अछाम, वैशाख ११ । अछाममा एक युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अछामको ढकारी गाउँपालिका वडानम्वर ४ का २३ वर्षीय बीरबहादुर थापामाथि कुटपिट भएको हो । वडा अध्यक्ष भक्त बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवनगरी बीरबहादुरलाई कुटपिट गरेको उनका दाई कृष्ण थापाले जानकारी दिए. . .


गर्भमा छोरी भएको थाहा पाएपछि १८ वर्षीया अञ्जलीको हत्या

काठमाडौं । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर�. . .


अाज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ वैशाख– तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । नि. . .


माहौल तताउन नसकेको विराटनगर आन्दोलन, बृद्धा आमाको हुँकार निराशामा (दोश्रो जनआन्दोलन स्मरण)

सुमन सुस्केरा विराटनगर, ११ वैशाख । विराटनगर साविकको पुर्वाञ्चल विकास क्षेत्रको ब्यापारिक केन्द्र तथा देशकै दोश्रो ठुलो सहरको रुपमा स्थापित सहर । बि.सं. २०६२/६३को आन्दोलनको एउटा नेतृत्व गरेको स्थान हो बिराटनगर । बिराटनगरको राजनीति विस्तारै अहिले ओरालो लाग्दै गएको छ। तर २०६२/६३ को आन्दोलनसम्म देशको आ. . .


ध्रुवे हात्ती फेरि मात्तियो, पाँच घर नष्ट

चितवन, वैशाख ९ । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका. . .


ट्राफिक प्रहरीले सेनाकी श्रीमतीलाई एसिड खन्याए

चितवन । चितवनका एक ट्राफिक प्रहरीले एक महिलालाई एसिड प्रहार गरी घाइते बनाएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको ट्राफिक शाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले २८ वर्षकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेको चितवन प्रहरीले जनाएको छ । खनियाँले श्रेष्ठमाथि आइतबार दिउँसो २ बज. . .


एन्फाको चुनाव वैशाख २२ गते काठमाडौंमा हुने

काठमाडौं, ८ वैशाख ।   अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत �. . .


प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट

काठमाडौ, १० वैशाख । निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो । आइतवार साँझ ७ः५० बजेतिर यादवको घरमा बम बिस्फोट भएको हो । प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएकाे बताएका छन् । प्रहरी घटनास्थलमा पुगे�. . .


डोटी जीप दुर्घटनामा मर्नेको संख्या ५ पुग्यो

डोटी, रासस । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ ला�. . .