देशको खबर

बैदेशिक रोजगार : मलेसियामा रहेका नेपाली कामदारलाई घर फर्कन समयसीमा

काठमाडौँ, पुस १४ गते । मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किनलाई दिएको अवसरको सदुपयोग गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रविहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई गएक�. . .


प्रदेश राजधानी हेटौंडा ! नाम बाग्मती

मकवानपुर । लामो अन्तरालपछि प्रदेशको राजधानी र नामकरणको विषय टुंगो लागेसँगै हेटौंडा उपमहानगरपालिकाले स्वागत गरेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले स्थायी राजधानी हेटौंडा राख्ने निर्णणको स्वागत गरेको हो । लामो दबाब तथा टीकाटिप्पणीका बीच प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने र नाम बाग्म�. . .


पोस्टर टाँस्ने १४ लाई ७० हजार जरिमाना

काठमाडौं।   काठमाडौंका विभिन्न स्थानमा पोस्टर टाँस्ने, भित्तेलेखनलगायतका गतिविधि गर्ने १४ जना कारबाहीमा परेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार नगरक्षेत्रका विभिन्न स्थानमा सहरी सौन्दर्यमाथि असर पर्ने गतिविधि गरेको पाइएपछि उनीहरूलाई कारबाही गरी ७० हजार जरिमाना तिराइएको छ । महानगरले होर्डिङ. . .


विद्यालयसँगै मसानघाट, शव ल्याएपछि विद्यार्थी त्रसित

काशीराम शर्मा(रासस) बाँके । चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्ति�. . .


देशभर नै विद्युत् आपूर्तिमा अनियमितता, देशैभर जाडो बढेकाले विद्युत् माग उच्च

गोपालचन्द्र सुवेदी काठमाडौँ, पुस १३ गते । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका �. . .


पाेखरा प्रिमियर लिग: विराटनगर टाइटन्स ३२ रनले पराजित

कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उप विजेता भएको विर. . .


ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स खारेज गरिने

लक्ष्मण दर्नाल काठमाडौँ, पुस १२ गते । ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो । निर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खा�. . .


नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म हुने

काठमाडौं, पुस १२  गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कांग्रेसको कार्यकाल २०७६ फागुन १९ गते सकिने भएकाले एक वर्ष थप्ने निर्णय गरेक. . .


इन्टरनेट नचले पैसा मिनाहा !

विश्वास रेग्मी काठमाडौँ, पुस १२ गते । मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ । इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर सम्झौता अनुसारको ‘स्पिड’ न�. . .


सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको छ । आज शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक पुस १६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको हो । शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्�. . .


अब बसभित्रै पार्टी गर्न पाइने !

काठमाण्डौ । अब पार्टी गर्नकै लागि डिस्को, बार र क्लब धाउनु पर्ने बाध्यता हट्ने भएको छ । यसका लागि ‘पार्टी बस नेपाल’ तपाईँको उचित गन्तव्य बन्न सक्छ । पश्चिमी बजारमा बसभित्रै पार्टी गर्न मिल्ने परम्परा लोकप्रिय भइसकेको भए पनि नेपालमा भने यो नयाँ अभ्यास हो । पार्टी बस के हो ? कम्पनीका अनुसार पार्टी बस ने�. . .


आगो ताप्दा जलेर एक महिलाको मृत्यु, अर्की महिला घाइते

सर्लाही, पुस १० । बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न घरको आँगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, का रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर मृत्यु भएको हो । हिजो साँझ ४ बजे आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाइते भएकी राजमतीको उपचारका क्रममा गएराती �. . .