देशको खबर

सौतेनी छोरीलाई तरकारीमा विष राख्दा आफ्नै ज्यान गयो

वीरगन्ज । वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्। बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेक�. . .


पाठेघरबाट निकालियो पाँच किलोको ट्युमर

नगेन्द्रकुमार कर्ण जलेश्वर, पुस १ गते । जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा. स. . .


कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक

बिराटनगर पौष १ , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने  निर्णय गरेको छ।  तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः. . .


सावधान : आगो ताप्न जाने उपयोगी नजाने काल

देवबहादुर कुँवर काठमाडौँ, पुस १ गते । चिसो मौसममा न्यानोका लागि घर–कोठामा आगो बालेर सुत्दा बेला बेलामा निसास्सिएर ज्यान जानेसम्मका घटना हुने गरेका छन् । विशेष गरी जाडो छल्न तथा कोठा तातो पार्न कोइला, ब्रिकेट, भुस र दाउरा बालेर सुत्दा अक्सिजनको अभावमा निसास्सिएर सर्वसाधारणले अकालमै ज्यान गुमाउने गर�. . .


वैदेशिक रोजगारीका नाममा हराउने बढे, आफन्त पीडामा

सीता शर्मा काठमाडौँ, पुस १ गते । ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन प¥यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन आँखाबाट बरबर आँसु बगिरहेको थियो । अन्तर्राष्ट्रिय आप्रवास�. . .


पर्यटन : फोब्र्सले भन्यो “घुम्नैपर्ने देशमा नेपाल पहिलो”

विश्वास रेग्मी काठमाडौँ, पुस १ गते । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक. . .


प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा आज कालो दिवस मनाइँदै

काठमाडौं ।प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेक�. . .


मौसम : देशभर चिसो बढ्यो

काठमाडौँ, मङ्सिर ३० गते । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रह. . .


हिमालमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ । आउदो त�. . .


दाहालकाे प्रतिवेदनः स–साना कुरामा सरकारको ध्यान पुगेन, उपनिर्वाचनबाट गम्भीर धक्का

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको छ । गत वर्ष २९ मंसीरबाटै स्थायी कमिटी बैठक शुरु भएको थियो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले एक वर्ष अगाडिकै मितिमा स्थायी कमिटी बैठक बस्नुलाई संय�. . .


चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईला�. . .


अनलाइन चिठ्ठाका नाममा ठगी अन्तर्राष्ट्रिय गिरोह संलग्न

देवबहादुर कुँवर काठमाडौँ, मङ्सिर २९ गते । ‘प्रिय (डियर) लक्ष्मी, एक करोड यूएस डलर चिठ्ठा परेकामा बधाई छ’ भाइबरबाट यस्तो सूचना आएपछि नयाँ बानेश्वर निवासी लक्ष्मी राईका लागि खुसीको सीमा रहेन । भाइबर अपलोड गरेको हप्ता दिन नबित्दै यस्तो खबर पाउँदा सामान्य गृहिणी राईले आफ्नो भाग्य चम्किएको अनुभूति गर्नुभ. . .