देशको खबर

लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने

काठमाडौँ, मङ्सिर २३ गते । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो स्वामित्व खरिद बिक्री गर्दा लाग्ने लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले गत बिहीबार उक्त लाभकर निर्धारणसहितको पत्र कम्पनीलाई पठाएको हो । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार मङ्सिर १९. . .


घुस लिनेमा इन्जिनियर धेरै

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनिय. . .


साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण, नेपालकाे स्वर्ण ४३ पुग्याे

धनुषा । दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् । कुस्तीमा नेपालकाे याे पहिलाे स्वर्ण हाे । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई �. . .


राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ राम लिम्बुले जितेका छन् । ग्राण्ड फिनालेमा चार प्रतिश्पर्धीलाई पछि पार्दै राम लिम्बु ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् ।  उनी प्रमोद खरेलको टीममा थिए । लिम्बुले डाटसन रेडी गो कार, १२ लाख नगद र विश्व सांगितीक यात्राको अवसर पाएका छन् ।. . .


खुर्पा प्रहार गरेर बाबुआमाकाे हत्या आराेपमा एक जना पक्राउ

रुपन्देही - रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको हत्या गरेकाे आराेपमा उनीहरुका कान्छा छोरा गोरख यादव पक्राउ परेका छन् । वृद्ध बाबुआमासँगै बस्दै आएका थिए पाँच भाइमध्ये कान्छा २८ वर्षीय गोरखले शुक्रबार अपरान्ह बाबुआमा दुवैलाई खुर्पा प्रहार . . .


८२ वर्षको उमेरमा सम्बन्ध विच्छेद !

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा एक ८२ वर्षीय वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गर्नु भएको हो । २०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँप�. . .


मदिराको पुरानो अन्तःशुल्क उठाइँदै, अर्बौंं राजश्व हिनामिना भएको निष्कर्ष

काठमाडौं । सरकारले मदिरा उत्पादन कम देखाएर अर्बौंं राजश्व हिनामिना भएको निष्कर्ष निकालेको छ । प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए(एक्ट्रा न्यूट्रल अल्कोहल) कम देखाएर मदिराको अन्तःशुल्क नै नतिरी पछिल्लो १३ बर्षमा आधा खर्ब रुपैंयाँभन्दा बढी करछली भएको राजश्व प्रशासनको निष्कर्ष छ । सरकारले चा�. . .


साग महिला फुटबल : नेपाल फाइनलमा, स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा हुने

कास्की - नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ । नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा �. . .


छाउगाेठमा महिलाकाे मृत्यु प्रकरण : जेठाजु पक्राउ

अछाम । छाउगोठमा एक जना महिलाको ज्यान गएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महिनावारी हुँदा छाउगोठमा बसेकी पार्वती बुढाको ज्यान गएपछि जेठाजु छत्र रावतलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले रावतलाई �. . .


मुस्ताङमा एक भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत�. . .


परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर महिलाको हत्या

डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरो. . .


‘बहुविवाह गरे सरकारी सेवामा अयोग्य’

काठमाडौँ, मङ्सिर १९ गते । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि य. . .