देशको खबर

देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने

काठमाडौं, २६ असार । आज देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै क. . .


छोरी जन्मे वार्षिक १० हजारका दरले २० वर्षसम्म भत्ता

बारा,२६ असार ।  बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।  गाउँपालिकाको सोमबारको गाउँसभाले आउँदो साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दि�. . .


मोटरसाइकल चोर्ने बसधनी पक्राउ

डोटी,२५ असार । मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१, बस्ने २५ वर्षीय साजन रिजाल रहेका छन् । डोटीका डम्मर डौडीको से २ प ९६६१ नम्बरको १५० सीसीको पल्सर मोटर साइकल चोरी गरी पाटपुर्जा निकालेको आर. . .


च्याउ खाँदा ६ जना बिरामी

दाङ,२५ असार ।  यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ । डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उ�. . .


भोलिबाट ३ दिनसम्म देशैभर पानी पर्ने, यस्तो छ मौसमको पूर्वानुमान

काठमाडौं, २५ असार ।  आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको �. . .


कुखुराको मासु पोखिदिएपछि कार्कीको हत्या, हत्याको अभियोगमा दुईजना पक्राउ

भक्तपुर (रासस) । चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ . . .


पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण

काठमाडौं, २५ असार । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ ।  नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित–प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य–सचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापन. . .


सहसचिव-उपसचिवमा अब खुलाबाट भिड्न नपाइने

काठमाडाैं, २५ असार । निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्वपर्धाको प्रावधान हटाउन लागेको हो । मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअन. . .


सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु

सर्लाही, असार २४ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ७ नोकेल्वामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान घरमा खेलिरहेका बेला स्थानीय उमाशंकर यादवका ३ वर्षीय छोरा बृजकुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घरमा चोरीको विद्युत् सर्ट भएर करेन्ट �. . .


बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

काठमाडौं । बाढी पहिरोपछि सरुवा रोगको संक्रमण हुन सक्ने डाक्टरले बताएका छन् । बाढीपहिरो पछि लेप्टोइ पाइरोसिस रोगको जोखिम हुने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।  उहाँका अनुसार लेप्टोइ पाइरोसिस रोग संक्रमित जनावरको पिसाबबाट सर्ने गर्दछ । यो पानी तथा माटोमा हप्तौं वा महिनौंसम्म पन�. . .


रौतहटमा गोली चल्यो , एक व्यक्ति घाइते

रौतहट, असार २४ । अज्ञात समूहले प्रहार गरेको गोली लागेर रौतहटमा एक व्यक्ति घाइते भएका छन् । सुवर्णपुर नगरपालिकाका किशोरी साह कानुमाथि देवाही गोनाही नगरपालिका–४ स्थित बकैया खोला किनारमा गएराति गोली प्रहार भएको हो । ससुराली जाँदै गरेका साह माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । उनले चढेको ना. . .


१६ वर्षीया किशोरीलार्इ मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल (रासस)। रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ । आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २:३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पुर�. . .